दार्चुलाको छाङरु र तिङ्कर गाउँको निर्वाचन सदरमुकाम खलङ्गामै हुने

दार्चुलाः कालापानी नजिकको दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु र तिङ्करको मतदान जिल्ला सदरमुकाम खलङ्गामै हुने भएको छ।

छाङरु र तिङ्कर गाउँका मतदाता सदरमुकाम खलङ्गामै रहेका तथा विगतमा भएका निर्वाचनमा समेत खलङ्गामै मतदान भएका कारण आगामी फागुन २१ को निर्वाचनसमेत जिल्ला सदरमुकाममै हुने जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख एवं निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिनुभयो। छाङरु र तिङ्करमा अत्यधिक चिसो बढेर हिउँ परेपछि गत मङ्सिर पहिलो साता छाङरु र तिङ्कर गाउँका सौका समुदायका मानिस सदरमुकाम खलङ्गा बसाइँ (कुञ्चा) सरेका थिए। सौका समुदायका मानिस छ महिना छाङरु र तिङ्कर गाउँमा बस्ने गर्छन् भने छ महिना सदरमुकाम खलङ्गामा बस्ने गर्छन्।

“यस क्षेत्रका सबै जसो मतदाता खलङ्गा झरिसकेका छन्। छाङरु र तिङ्कर दुवै गाउँको निर्वाचन जिल्ला सदरमुकाममै गर्ने गरी तयारी भइरहेको छ,” उहाँले भन्नुभयो।

विगतमा सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको उहाँले बताउनुभयो। छाङरुको मतदान केन्द्रमा ३ सय ७५ र तिङ्करको मतदान केन्द्रमा २ सय ४४ जना मतदाता रहेको निर्वाचन अधिकृत धामीले जानकारी दिनुभयो।

यसैबिच प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुलामा ९२ हजार ९४८ जना मतदाता कायम भएका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ थपिएका दुई हजार ६०८ सहित ९२ हजार ९४८ जना मतदाता कायम भएको उहाँले बताउनुभयो।

वि.सं. २०७९ को निर्वाचनमा ९० हजार ७८२ जनाले मतदान गरेका थिए। दार्चुलामा ४७ हजार ७५५ जना पुरुष तथा ४५ हजार १९३ जना महिला मतदाता रहेका छन्। निर्वाचन स्वच्छ र भयरहित वातावरणमा गर्न जिल्ला सुरक्षा समितिले सुरक्षाको प्रबन्ध मिलाएको जिल्ला सुरक्षा समिति दार्चुलाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो। मतदान केन्द्रलाई तीन भागमा वर्गीकरण गरी सुरक्षा गस्ती गराउने र सुरक्षा पेट्रोल गर्ने कार्य भइरहेको पौडेलले जानकारी दनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?