दार्चुला । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको मतदाता संख्या सार्वजनिक भएको छ।

उपलब्ध तथ्याङ्कअनुसार प्रदेशभर कुल करिब १७ लाख १५ हजारभन्दा बढी मतदाता रहेका छन्। जिल्लागत रूपमा हेर्दा कैलाली जिल्लामा सबैभन्दा धेरै ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन्। त्यसपछि कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता छन्। यी दुई तराई जिल्लाले प्रदेशको निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्ने देखिन्छ।

पहाडी जिल्लामध्ये अछाममा १ लाख ६५ हजार ३३७, बैतडीमा १ लाख ५६ हजार ३७२, डोटीमा १ लाख २८ हजार ३९९ र बझाङमा १ लाख २६ हजार ९०३ मतदाता रहेका छन्। यस्तै डडेल्धुरामा ९३ हजार ४०३, दार्चुलामा ९२ हजार ९४८ र बाजुरामा सबैभन्दा कम ८६ हजार ९६१ मतदाता रहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू मतदाता धेरै रहेका जिल्लामा केन्द्रित भई प्रचार–प्रसार र संगठन विस्तारमा जुट्ने देखिन्छन्। निर्वाचन आयोग तथा सरोकारवाला निकायहरू भने शान्तिपूर्ण, निष्पक्ष र सहभागितामूलक निर्वाचन सम्पन्न गराउन तयारीमा जुटिरहेका छन्। फगुन २१ को निर्वाचनका लागि शुक्रबार मुख्यनिर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याउने कार्यतालिका छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?