मालिकार्जुन धाममा सञ्चालन हुने शिव पुराण महायज्ञमा राष्ट्रपतिलाई निमन्त्रणा

दार्चुला । मालिकार्जुन राष्ट्रिय धाममा यहि माघ २२ गतेदेखि सञ्चालन हुने शिवपुरा महायज्ञमा प्रमुख आतिथ्यताको लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आमन्त्रण गरिएको छ ।

शुक्रबार दार्चुलाको सर्वदलीय तथा सर्वपक्षीय प्रतिनिधि मण्डलले राष्ट्रपति निवास सितल निवासमै पुगेर शिव पुराण महायज्ञको प्रमुख आतिथ्यता ग्रहण गरिदिन अनुरोध गरेको प्रतिनिधि मण्डलमा सहभागी मालिकार्जुन गाउँपालिकाका निर्वतमान अध्यक्ष नरेन्द्र सिंह धामीले बताउनुभयो ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको मालिकार्जुन धाममा यहि माघ २२ गतेदेखि फागुन ३ गते सम्म शिवपुराण महायज्ञ सञ्चालन हुँदै छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?