दार्चुला । दार्चुलाका १५ मतदान स्थल र २२ मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशीलको सूचीमा राखिएको छ । एक मात्रै पतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा १ सय १२ मतदान स्थल मध्ये १५ र १ सय ४३ मतदान केन्द्र मध्ये २२ वटा केन्द्रलाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशीलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अनिल पौडेलले बताउनुभयो ।

जिल्लाको शान्ति सुरक्षाका बारेमा जानकारी गराउदै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाभरिका १सय १२ मतदान स्थल मध्ये १५ वटा स्थल अति संवेदनशील, ३२ वटा स्थल संवेदनशील र ६५ वटा स्थललाई सामान्यको सूचीमा राखिएको बताउनुभयो । त्यस्तै १ सय ४३ मतदान केन्द्र मध्ये २२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको उहाँले बताउनुभयो ।

जिल्लाका १ सय ४३ मतदान केन्द्र मध्ये बाँकी ४१ मतदान केन्द्रलाई संवेदनशील र ८० मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको छ । गत विगतमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बर्गीकरण गरिएका मतदान केन्द्र र स्थलहरुको सुरक्षा संवेदशीलतालाई समिक्षा गर्दै यस वर्ष पनि केन्द्रहरुको सूचीकरण गरिएको उहाँले बताउनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्ला कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनलशील र संवेदनशील रहेका मतदान केन्द्र र स्थलहरुको स्थलगत अनुगमन निरीक्षण समेत गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?