प्रतिनिधि सभा निर्वाचनको लागि  प्रत्यक्षतर्फ दार्चुलाबाट ११ जनाको उम्मेदवारी

दार्चुला । आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ दार्चुलाबाट ११ जनाले उम्मेदवारी दिएका छन् ।
मंगलबार (आज) उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम अन्तरगत निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा मनोनय दता सम्पन्न भएको हो ।

आज विहान १० बजे देखि निर्धारित समय भित्र ११ वटा दलहरुको तर्फबाट उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । दार्चुलामा यस पटकको प्रतिनिधि सभा निर्वाचनमा राजनितिक दलहरुको तर्फबाट मात्रै उम्मेदवारी परेको छ ।

पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको उम्मेदवारको लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले)बाट गणेश सिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसबाट धर्मानन्द जोशी, नेपाली कम्युनिष्ट पार्टीबाट लक्ष्मण दत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश सिंह सामन्त र नेकपा माओवादीबाट नवराज भट्टले प्रतिनिधि सभा प्रतक्षतर्फको उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल, राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्त, संघिय लोकतान्त्रिक पार्टीबाट गगन ठगुन्ना, आम जनता पार्टीबाट प्रेम सिंह बडाल र नेकपा सयुक्तबाट विद्यादेव जोशीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने त्यसै दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?