दार्चुला । दार्चुला सदरमुकाम खलंगामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्रज्योती संघ, गेटा आँखा अस्पतालको आयोजनामा जिल्लाको महाकाली नगरपालिकाको वडा नम्बर ४ खलंगा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।
यहि माघ १० गते देखि १२ गते सम्म चल्ने शिविरमा आँखा परीक्षण, मोतिबिन्दु लगायत आँखाका अन्य समस्या भएका रोगीहरुको निःशुल्क अप्रेशन गरिने बताइएको छ ।
त्यस्तै शिविरमा अप्रेशन गर्नुपर्ने बिरामीको साथमा एक जना आफन्त अनिवार्य हुनुपर्ने तथा खाना बस्नको व्यवस्था स्वयमले गर्नुपर्ने जनाइएको छ।




