दार्चुला । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्नुभएको छ । दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरूले आज पार्टी कार्यालय सानेपामा पदभार ग्रहण गर्नुभएको हो ।

सभापति थापासहित उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरूले पदभार ग्रहण गर्नुभएको छ ।

पदाधिकारीहरूको पदभार ग्रहणपछि केन्द्रीय समितिको बैठक शुरू भएको छ । बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्नेछ ।

गएकाे पुस २७ गतेदेखि ३० गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रूपमा सभापति निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?