दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टीले दार्चुलाको महाकाली नगरपालिबाट घरदैलो अभियान सुरु गरेको छ । राप्रपाले जिल्लाको महाकाली नगरपालिकाबाट मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गरेको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले बताउनुभयो ।

पार्टीले माघ ८ गतेबाट महाकाली नगरपालिकामा घरदैलो अभियान गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा कार्यक्रम गरेर अहिले वडा नम्बर ४ मा ५ मा मतदाता भेटघाट तथा घरदैलो गरिरहेको उहाँले बताउनुभयो ।

दार्चुलाबाट राप्रपाका प्रतिनिधि सभा उम्मेदवार राजेश चन्दसहितको टोलीले शनिबार वडा नम्बर ४ र ५ का केही क्षेत्रमा घरदैलो गरेको छ । आइतबार (आज) पनि वडा नम्बर ४ र ५ मा नै घरदैलो अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।
\
राप्रपाले यस पटक लेकम गाउँपालिका वडा नम्बर ३ घर भएका नेपाली सेनाका सेवा निवृत कर्नेल राजेश चन्दलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?