एमालेको मार्मा, नौगाड र अपिहिमालको समन्वयात्मक बैठक सम्पन्न

दार्चुला । नेकपा (एमाले) मार्मा, नौगाड र अपिहिमाल गाउँपालिकाको समन्वयात्मक बैठक सम्पन्न भएको छ । सोमबार (आज) मार्माको लटिनाथमा तीन स्थानीय तहको समन्वयात्मक बैठक सम्पन्न भएको हो । उक्त क्षेत्रका निर्वाचन परिचालन समिति संयोजक प्रेम सिंह धामीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले स्थानीय तह, वडा र टोल स्तरमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको संयोजक प्रेम सिंह धामीले जानकारी दिनुभयो ।

बैठकमा उक्त क्षेत्रअन्तरगत रहेका पार्टीका प्रदेश र जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु, नौगाड, मार्मा र अपिहिमालका पालिका कमिटीका पदाधिकारी, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु, पूर्व पदाधिकारी तथा सदस्यहरु, पार्टीका नेता कार्यक्रता, शुभेच्छुक आम जन समुदायको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?