नेकपा माओवादीले दार्चुलाको शैल्यशिखर नगरपालिकामा घरदैलो अभियान गर्दै

दार्चुला । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले दार्चुलाको शैल्यशिखर नगरपालिबाट घरदैलो अभियान सुरु गरेको छ ।

पार्टीले आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधि सभा निर्वाचन लक्षित गरि कार्यक्रता भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरिरहेको हो । जनताको समस्या बुझ्न पार्टीका उम्मेदवार नवराज भट्टसहितको टोलीले घरदैलो तथा मतदाता भेटघाट गरिरहेको पार्टीका जिल्ला सचिव भुवन जोशीले जानकारी दिनुभयो ।

आइतबार नगरपालिकाको लुईटाबाटका कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । सोही अनुसार आज वडा नम्बर ९ नायलमा घरदैलो गरिएको छ । भोली नगरपालिकाको वडा नम्बर ४ काँडापारीमा घरदैलो गरिने जोशीले जानकारी दिनुभयो।

घरदैलो कार्यक्रममा दार्चुलाबाट नेकपा माओवादीका प्रतिनिधि सभा उम्मेदवार नवराज भट्टसहितको टोली रहेको छ ।

पहिलोपटक संसदिय निर्वाचनमा भाग लिन लागेको विप्लव नेतृत्वको नेकपा माओवादीले दार्चुलाबाट सबैभन्दा कान्छा ३३ वर्षीय उम्मेदवार उठाएको छ । भट्ट पेशाले इन्जिनियर हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?