व्याँसको ब्रह्मलेक टावरसम्म विद्युत विस्तार, सञ्चारमा सुधार

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा अवस्थित ब्रह्मलेक टावरसम्म विद्युत विस्तार भएको छ। व्याँसलाई सञ्चार सञ्जालमा जोड्न ब्रह्मलेकमा रहेको नेपाल टेलिकमको नमस्ते टावरमा विद्युत जडान कार्य सम्पन्न भएको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो।

माघ १५ गते विद्युत जडान सम्पन्न भएपछि ब्याँस गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा नेटवर्कमा केही सुधार भएको उहाँको भनाइ छ। थप सुधारका लागि परीक्षण कार्य भइरहेको र बाकी समस्या पहिचान गरि समाधान गरिने नेपाल टेलिकम दार्चुलाले जनाएको छ। यस्तै ब्याँसकै वडा नम्बर २ मा रहेको रिपुधारसम्म पनि लाइन विस्तारको काम भइरहेको अध्यक्ष धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?