दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गाउँकमिटी बैठक सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका कमिटी अध्यक्ष धर्मानन्द मन्यालको अध्यक्षता तथा सो क्षेत्रका निर्वाचन परिचालन समिति संयोजक प्रेम सिंह धामीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गाउँपालिका तथा वडा स्तरीय प्रचार–प्रसार समिति गठन गरेको गाउँकमिटी अध्यक्ष मन्यालले जानकारी दिनुभयो ।

बैठकबाट एमाले अपिहिमाल गाउँपालिका इन्चार्ज उर्मिला बोहराको संयोजकत्वमा ७१ सदस्यीय पालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । साथै गाउँकमिटी सचिव नरेन्द्र कार्कीको संयोजकत्वमा सूचना, सञ्चार तथा सामाजिक सञ्जाल प्रचार–प्रसार समिति पनि गठन गरिएको छ ।

त्यस्तै, गाउँपालिकाका सबै ६ वटै वडामा निर्वाचन परिचालन तथा प्रचार–प्रसार समिति गठन गरिएको अपि, नौगाड र मार्मा गाउँपालिकाका निर्वाचन परिचालन समिति संयोजक प्रेम सिंह धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर १ मा गाउँकमिटी अध्यक्ष धर्मानन्द मन्याल, वडा नम्बर २ मा गाउँकमिटी इन्चार्ज उर्मिला बोहरा, वडा नम्बर ३ मा जिल्ला कमिटी सदस्य कमल सिंह धामी, वडा नम्बर ४ मा विन्द्रा कार्की, वडा नम्बर ५ मा विष्णु सिंह धामी र वडा नम्बर ६ मा मंगल सिंह देउरुखीलाई वडा स्तरीय निर्वाचन परिचालन तथा प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?