दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा नेकपा( एमाले)को अगुवा कार्यक्रता भेला सम्पन्न भएको छ । मंगलबार (आज) आसन्न प्रतिनिधि सभाको प्रचारप्रसार कार्यक्रम अन्तर्गत व्याँस गाउँपालिकाको अगुवा कार्यक्रता भेला वडा नम्बर ४ सुन्सेरामा सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै दार्चुलाबाट एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेश सिंह ठगुन्नाले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले पार्टीका सबै तहका नेता कार्यक्रतालाई सक्रिय भएर निर्वाचन लक्षित गतिविधिमा लाग्न आग्रह पनि गर्नुभयो ।
सोहि अवसरमा नेपाली काग्रेंस परित्याग गरि दिनेश कुँवर, गोमती कुँवर र काला टमटा एमाले प्रवेश गरेको जिल्ला कमिटी प्रचारप्रसार प्रमुख जनक सिंह ठगुन्नाले बताउनुभयो । ्




