चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता : उत्कृष्टलाई ५० हजार पुरस्कार

दार्चुला । निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने आयोगले जनाएको छ ।

पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोगले आज निकालेको सूचनामा उल्लेख छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिनेछ ।

भिडियोमा चुनाव प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक आउँदो फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेल tiktok@ecn.gov.np मा पठाउनुपर्नेछ । एक मिनेटसम्मको भिडियो टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?