चुनाव आउन १५ दिन बाँकी : २२ प्रतिशतभन्दा कम उम्मेदवारले मात्रै छुट्टै बैंक खाता खोले

दार्चुला | निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोल्न निर्देशन दिए पनि आजसम्म ७ सय ३३ जना उम्मेदवार र ६ वटा दलले मात्र खाता खोलेका छन् ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार प्रतिनिधिसभाका प्रत्यक्ष प्रणालीतर्फ कुल ३ हजार ४ सय ६ उम्मेदवारमध्ये अहिलेसम्म २२ प्रतिशतभन्दा कम उम्मेदवारले मात्रै बैंक खाता खोलेका हुन् । यस्तै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा सहभागी हुने ६५ वटा दलमध्ये १० प्रतिशतभन्दा कमले मात्र बैंक खाता विवरण बुझाएका हुन् ।

आयोगकाअनुसार अहिलेसम्म कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (संयुक्त) र नेपालका लागि नेपाली पार्टीले मात्र खाता विवरण बुझाएका छन् ।

चुनावमा राजनीतिक दल तथा उम्मेदवारहरूले गर्ने खर्च पारदर्शी होस् भनेर पहिलो पटक यो अभ्यास थालेको आयोगले जनाएको छ । चुनाव आउन अब १५ दिन मात्रै बाँकी छ ।

समयमा छुटै खाता नखोल्नेहरूलाई कस्तो कारबाही हुन्छ भन्ने आमचासो छ । तर आयोगले भने दण्डात्मकभन्दा नैतिकताको कसीमा पार्न खोज्ने प्रयास भएको बताएको छ । यसपालिको अभ्यासले आउँदा दिनमा सुधारको आधार तयार पार्ने आयोगको विश्वास छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?