महाकाली नगरपालिकाको ९ नम्बर वडामा कांग्रेस उम्मेदवार जोशीको भव्य स्वागत

दार्चुला । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवार धर्मानन्द जोशी नेतृत्वको प्रचारप्रसारको टोलीले आज महाकाली नगरपालिकाको वडा नम्बर ९ को दत्तु, साकार, थाप्ला, उलेनी, खोली र वेत गाउँमा आम मतदाता, काङ्ग्रेसका अगुवा नेता कार्यकर्तासंग निर्वाचन लक्षित भेटघाट तथा अन्तरक्रिया गरेको दार्चुला काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं तरुण दल दार्चुलाका अध्यक्ष सुरेन्द्र बमले जानकारी दिएका छन् ।

भेटघाट तथा घरदैलो कार्यक्रममा जनताले परिवर्तन खोजेको र परिवर्तनको मर्म भावनालाई काङ्ग्रेसले आत्मसात गरेर पार्टी बदलेर देश बदल्ने संकल्प सहित काङ्ग्रेसले नीति नेतृत्व परिवर्तन गरेर दार्चुलामा नयाँ अनुहार स्वच्छ छविको धर्मानन्द जोशीलाई उम्मेदवार बनाएकोले काङ्ग्रेस उम्मेदवार प्रति गाउँ गाउँमा जनताको उत्साह, विस्वास, भरोसा र समर्थन बढ्दै गएको नेपाली काङ्ग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति “क” का सचिव पुष्कर जोशीले जानकारी दिएका छन्।

महाकालीको वडा नम्बर ९ को विभिन्न गाउँमा पुग्दा जनताले काङ्ग्रेसले जितेको बेला विकासको अनुभुती गर्न पाएको र काङ्ग्रेसकै नेतृत्वमा स्थानीय सरकार हुँदा हाम्रा गाउँमा सडक, सिचाइ पुगेकोले कांग्रेस उम्मेदवार जोशीलाई जिताउन तयार रहेको महाकाली-९ का स्थानीय जगत ढाटले बताउनुभयो। यस्तै भेटघाट कार्यक्रममा बोल्दै दार्चुला कांग्रेसका कोषाध्यक्ष हंस राज भट्टले अहिले देशको वर्तमान राजनीतिक अन्योल र अस्थिरताको अवस्थालाई अन्त्य गर्न र देशमा स्थायीत्व, शान्ति सुशासन कायम गर्दै संविधान, लोकतान्त्रको रक्षा गर्नका लागी देशमा काङ्ग्रेसको सरकार हुनुपर्ने आवश्यक रहेकोे धारणा राख्नुभयो।

भेटघाट तथा घरदैलो कार्यक्रममा काङ्ग्रेस जिल्ला कार्यसमिति दार्चुलाका कोषाध्यक्ष हंसराज भट्ट, तरुणदल जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर बम, प्रदेश क्षेत्रीय कार्यसमिति “क” का सचिव पुष्कर जोशी, महाधिवेशन प्रतिनिधि सुना बोहरा, काङ्ग्रेस नेता महेन्द्र बडू, नेविसंघ दार्चुला उपाध्यक्ष भुवन धामी, नेविसंघ नेता अजय महरा लगायत महाकाली नगरपालिका वडा नम्बर ९ का काङ्ग्रेसका अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?