दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेश सिंह ठगुन्नाले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै सुशासन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई प्रमुख एजेन्डाका रुपमा अधि सार्नु भएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठगुन्नाले गत बुधबार अर्थात (फागुन ६ गते) घोषणा पत्र सार्वजनिक गरेका हुन।
ठगुन्नाले राष्ट्रिय स्वाभिमानको रक्षा र मिचिएको भूमि कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको स्वामित्व स्थापना गर्ने लड़ाई जारी राख्ने बताएका छन्। यस्तै गोकुलेश्वर एयरपोर्ट संञ्चालन गर्न जिल्लाभित्र संञ्चालित साना ठुला सडक यातायात खानेपानीतथा सरसफाई र सिंचाइ सुविधा उपलब्ध गराउने आफ्नो चुनावी प्रतिवद्धतापत्र समेटेका छन् ।
ग्रामीण विद्युतीकरण र सञ्चारबाट बन्चित स्थानहरुमा सेवा उपलब्ध गराउन तथा शिक्षा स्वास्थ्य सर्वसुलभ गर्ने जनाएको छ । महाकाली करिडोर तिंकर सडक र जिल्लाभित्र रहेका निर्मार्णाधिन निर्माण गर्नबाकी पुल पुलेसा तथा अधुरा रहेका पुर्वाधारका योजना पूरा गर्दै सडक स्तरोउन्नतीमा जोड दिएका छन् ।
तिंकर नाकालाई व्यापारिक पर्यटकीय र हिन्दु धर्मावलम्वीहरुले कैलाशमानेसरोबर सम्म यात्रा गर्न बाह् रमहिना संञ्चालन गर्ने तथा जिल्लामा धार्मिक पर्यटकीय पूवार्धार विकास गर्ने आफ्नो चुनावी प्रतिवद्धतापत्र राखेका छन् ।
यस्तै प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठगुन्नाले जडिबुटि तथा स्थानीयकृषि उपजमा आधारित उद्यमबाट उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्ने पनि बताएका छन् । चुनावी प्रतिवद्धतापत्र सार्वजनिक भएसँगै जिल्लामा एमालेले अहिले आफ्नो चुनावी प्रचार प्रसार थप तीव्र बनाएको छ ।




