दार्चुला । नेपाली कांग्रेस दार्चुलाका प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार धर्मानन्द जोशी र समानुपातिकतर्फका उम्मेदवार करबिर बहादुर कार्की सहितको चुनावी प्रचारप्रसार टोलीले मालिकार्जुन गाउँपालिका वडा ६, ७ र ८ का विभिन्न टोलमा कार्यकर्ता र मतदाता भेटघाट कार्यक्रम गरेको छ।
मालिकार्जुनमा भेटघाट गरेर आजै राती शैल्यशिखर नगरपालिका पुग्ने र भोली शैल्यशिखरको गोकुलेश्वरमा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रचारप्रसारमा सहभागी दिपक खातीले बताउनुभयो । विहान गोकुलेश्वरमा कार्यक्रम गरेर मार्मा क्षेत्रको चुनावी प्रचार जाने कांग्रेश दार्चुलाले जनाएको छ । नेपाली कांग्रेश लेकम गाउँकार्यसमितिले समेत आज लेकमको वडा नम्बर २ कुणीमा चुनावी भेटघाट अभियान र वडा सम्पर्क कार्यालय स्थापना गरेको युवा नेता शिवराज जोशीले बताउनुभयो ।





प्रतिक्रिया