दार्चुला । सरकारले आसन्न निर्वाचनलाई ध्यान दिँदै ३ दिन सार्वजनिक बिदा दिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०-२२ सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले मतदानमा बढीभन्दा बढी सहभागिता जुटाउन ३ दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो ।




