कैलाली–२ मा प्रलोपाका उम्मेदवार रावलद्धारा एमालेका सूर्यबहादुर थापालाई समर्थन

दार्चुला । कैलाली क्षेत्र नंम्बर २ का प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रत्यक्ष उम्मेदवार डम्बरबहादुर रावलले नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापालाई सर्मथन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गर्नुभएको छ ।

शनिबार लम्कीमा आयोजित सघाउने कार्यक्रम घोषणा कार्यक्रममा रावलले सहमतिपत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार थापालाई बिजयी गराउन आफ्नो उम्मेदवारी निस्क्रिय गरी सघाउने बताउनुभयो।

रावलले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै प्रत्यक्षतर्फका उम्मेदवार थापालाई सघाउने, समानुपातिक तर्फबाट आ–आफ्नो पार्टीको चिन्हलाई मत माग्ने र निर्वाचन पश्चात क्षेत्र नम्बर २ को समग्र विकासमा दुवै पार्टीबिचमा सहकार्य गरिने सहमति भएको छ ।

उम्मेदवार समर्थन कार्यक्रममा लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य भगतबहादुर बडुवाल, एमालेका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य लिला भण्डारी, केन्द्रिय सदस्य कमला वली, झपट रावल लगायत दुवै पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।

केन्द्रिय सदस्य बडुवालले विषम परिस्थितिमा हुन थालेको चुनावमा देश र संविधानको रक्षाका लागि अलग–अलग उम्मेदवार जित्न नसक्नेभन्दा एक जनाले चुनाव जित्न सकोस भन्ने उद्देश्यले एमालेका उम्मेदवारसँग तालमेल गरेको बताउनुभयो।

व्यवस्था र संविधान रक्षाका लागि भएको सहमति र समर्थनले संघीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउने एमालेका केन्द्रिय सदस्य भण्डारीले बताउनभयो। एमाले उम्मेदवार थापाले आफू निर्वाचित भएपछि यहाँका जनताका लागि र देशका लागि नवीन कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले देश विकास र समृद्धिका लागि फुटेर नभइ जुटेर अघि बढ्न सबैलाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?