दार्चुला । बैतडीको दोगडाकेदारमा अवस्थित श्रीकोट बहुमुखी क्याम्पसले होली खेलेर जम्मा भएको रकम विद्यार्थी कल्याण कार्यकोषमा जम्मा गर्ने भएको छ ।

क्याम्पसको आयोजनामा सञ्चालित होली कमिटीले संकलन गरेको ९६ हजार ३ सय ६५ रुपैयाँ रकम विद्यार्थी कल्याण कार्यकोषमा जम्मा गरिने क्याम्पस प्रमुख दान सिंह कार्कीले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत दोगडाकेदार गाउँपालिका वडा नम्बर ३, खोचलेकमा अवस्थित उक्त क्याम्पसले फागुन १५ गतेदेखि सुरु गरेको होली कार्यक्रम आज सम्पन्न गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सद्भाव, एकता र सहयोगको भावना अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह क्याम्पस प्रमुख कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?