रास्वपा दार्चुलाको बैठक सम्पन्न: मतदातालाई धन्यवाद, समिक्षा र सुझाव संकलन थाल्ने निर्णय

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति दार्चुलाले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। जिल्ला सभापति राजेश सामन्तले बैठकबाट भएका निर्णयहरू सार्वजनिक गर्नुभएको छ।

फागुन २५ गते बसेको बैठकमा जिल्ला समिति, पालिका सभापतिहरू, विभिन्न तहका समितिका प्रतिनिधिहरू, वडा सभापतिहरू तथा पार्टीका क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो। बैठकले दार्चुला जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी सबै मतदाताप्रति आभार व्यक्त गर्ने निर्णय गरेको छ। पार्टी र उम्मेदवारका तर्फबाट पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको सभापति सामन्तले जानकारी दिनुभयो।

त्यसैगरी, चुनावी अभियानका क्रममा पार्टीको पक्षमा सक्रिय रूपमा प्रचारप्रसारमा खटिएका विभिन्न तहका नेता–कार्यकर्ता, सहयोग गर्ने सहयोगीदाता, युवा भाइबहिनी, विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनी र शुभेच्छुकहरू सबैप्रति पनि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्ने निर्णय बैठकले गरेको छ।

बैठकमा निर्वाचनको मत परिणामको विस्तृत समीक्षा समेत गरिएको जनाइएको छ। साथै जिल्ला समितिमा आमन्त्रित सदस्य मनोनित गर्ने निर्णय पनि गरिएको सभापति सामन्तले बताउनुभयो।

निर्वाचनपछि मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै धन्यवाद ज्ञापन गर्नुका साथै सुझाव संकलन गर्ने उद्देश्यले जिल्लाभर तीन चरणमा ‘जनता भेटघाट’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। पहिलो चरणमा ‘नो भोट’ परेको क्षेत्रबाट मिति २०८२ फागुन २६ गतेदेखि भेटघाट कार्यक्रम सुरु गरिने बताइएको छ।

यसैबीच निर्वाचनका क्रममा पार्टीको पक्षमा सक्रिय नरहेका पार्टीका पदाधिकारीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय समेत बैठकले गरेको सभापति सामन्तले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?