कैलालीमा इप्रकाकै छतबाट खसेर प्रहरी जवानकाे मृत्यु

कैलालीमा इलाका प्रहरी कार्यालय टीकापुरको छतबाट खसेर एक प्रहरीको मृत्यु भएको छ ।

सोमबार राति करीब ११ बजेतिर कार्यालय भवनको छतबाट खसेर अन्दाजी ३० वर्षीय सन्देश चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले बताए ।नकाअनुसार चदारा बझाङको तलकोट गाउँपालिका(१ का बासिन्दा हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकका शव परीक्षणका लागि टीकापुर प्रादेशिक अस्पतालमा राखिएको छ । तर, मृतकका परिवारले भने घटना शंकास्पद रहेको भन्दै सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेका छन् ।

मृतककी भान्जी सुनिता आग्रीले घटना शंकास्पद देखिएको बताउनुभयो । घटना हुनुुभन्दा केही समय अगाडि घरमा परिवारसँग टेलिफोनमा कुराकानी भएको बताउदै उहाँले एकाएक बिरामी भएको भन्दै फोन आएको बताउनुभयो।

प्रहरीले परिवारका सदस्य पुग्न अगावै घटनास्थलबाट शव उठाएको भन्दै उनीहरु आक्रोशित बनेका छन् । निष्पक्ष छानविन गर्दै घटनाको ययार्थ बाहिर नल्याएसम्म शव नउठाउने अडान लिइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?