दार्चुला । दार्चुलाबाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका गणेशसिंह ठगुन्नाले जिल्लामा अधुरा रहेका विकास निर्माणका कामलाई प्राथमिकताका साथ पूरा गर्ने बताउनुभएको छ । विजयी भएपछि आयोजित कोणसभा, पत्रकार सम्मेलन तथा मतदातालाई धन्यवाद दिँदै ठगुन्नाले आफूले सुरु गरेका र हाल कार्यान्वयनमा रहेका योजनाहरूलाई सम्पन्न गराउनेतर्फ विशेष ध्यान दिने बताउनुभयो।

‘संसदमा हाम्रो पार्टीको उपस्थिति कमजोर भए पनि दार्चुलाको विकास निर्माणको काम रोकिँदैन । जिल्लाको आवाजलाई सशक्त रूपमा संसदमा उठाउनेछु’ उहाँले भन्नुभयो ।

ठगुन्नाले दार्चुलाको विकासका लागि अब थप मेहनतका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकास निर्माणका कामलाई अगाडि बढाउन सबै राजनीतिक दलसँग सहकार्य गर्न आफू तयार रहेको भन्दै ठगुन्नाले यो समयमा जति सकिन्छ, दार्चुलावासीको हितमा काम गर्ने गर्ने बताउनुभयो ।

ठगुन्नाले जिल्लाका केही विकट क्षेत्रमा अझै पनि आधारभूत समस्याहरू कायम रहेको उल्लेख गर्नुभयो । नागु र अपिहिमालका एक एक मतदान केन्द्रमा मतदान नै हुन नसकेको उल्लेख गर्दै उहाँले यस्ता क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?