रास्वपा दार्चुलाका उम्मेदवार सामन्तद्वारा निर्वाचन खर्च विवरण सार्वजनिक

दार्चुला । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाबाट उम्मेदवार बनेका राजेश सिंह सामन्तले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुभएको छ।

एउटै निर्वाचन क्षेत्र रहेको दार्चुलामा उम्मेदवार बनेका सामन्तले निर्वाचन अवधिमा २२ लाख ६९ हजार ४६५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो।

पेस गरिएको विवरणअनुसार उहाँले पालिका तथा वडा स्तरको प्रचारप्रसार शीर्षकमा ११ लाख ७० हजार ३०० रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ। त्यस्तै सवारी साधन भाडा शीर्षकमा ४ लाख ४१ हजार १९० रुपैयाँ, खाना, खाजा तथा बास शीर्षकमा २ लाख ६० हजार ६०५ रुपैयाँ, प्रचारप्रसार सामग्री खरिदमा २ लाख ३१ हजार ७५० रुपैयाँ, छपाइ, प्रिन्ट तथा फोटोकपी शीर्षकमा १ लाख २ हजार ६२० रुपैयाँ, गीत रेकर्डिङ शीर्षकमा ५० हजार रुपैयाँ, मनोनयन दर्तामा १० हजार रुपैयाँ र मतदाता नामावलीमा ३ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाउनुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?