लेकममा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सुरू भएको छ। लेकम गाउँपालिका न्यायीक समितिको आयोजनामा सञ्चालन भएको तालिम पाँच दिन सम्म सञ्चालन हुनेछ।

लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीको अध्यक्षतामा आइतबार (आज) उद्घाटन भएको तालिममा लेकमका सबै वडाबाट मेलमिलापकर्ताहरूको सहभागीता रहेको न्यायीक समितिका उजुरी प्रशासक ईश्वर प्रसाद पन्तले जानकारी दिनुभयो। उक्त तालिममा लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपकराज जोशी, वडा नम्बर २ का वडाअध्यक्ष शिवराज जोशी, जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाहरूको सहभागीता रहेको उहाँले बताउनुभयो।

तालिममा अधिवक्ता रोहित देउवा र गणेश कठायत प्रशिक्षक रहनुभएको छ। समाजमा भएका विवाद समाधान गर्न प्रत्येक वडामा न्यायीक समिति गठन गरिएको र उनिहरूलाई पुनर्ताजगी तालिम दिइन लागेको बताइएको छ।

पुनर्ताजगी तालिममा खासगरी आधारभूत कानूनी ज्ञान, विवादको प्रकृति बुझ्ने सीप, मेलमिलाप गराउन आवश्यक सञ्चार सीप, तटस्थता र निष्पक्षताका साथै मेलमिलाप प्रक्रिया, गोपनीयता र आचारसंहिताबारे प्रशिक्षण भइरहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?