दार्चुला । बैतडीमा एक युवक मृत फेला परेको छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुजर बस्ने अन्दाजी २६ वर्षीय नरेश कोली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
कोली पाटन नगरपालिका वडा नम्बर ३ सुरुङस्थित बाटोबाट लडेर एक सय मिटर तल सुर्नया नदी किनारमा मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।
मंगलबार घरबाट सामान किनमेलका लागि पाटन बजार गएको र अबेर सम्म घर नआएपछि मृतक कोलीका दाइले प्रहरीलाई खबर गरेका गर्नुभएको थियो । खोजतास गर्दा बुधबार बिहान ८ बजेतिर सुर्नया नदी किनारमा कोली मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया