सवारी दुरुपयोग आरोपमा लेकम गाउँपालिकाको प्रतिक्रिया, चालकसँग स्पष्टीकरण माग

दार्चुला । लेकम गाउँपालिकाले आफ्नो सवारी साधनमा राजनीतिक कार्यकर्ता बोकेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपकराज जोशीद्वारा जारी विज्ञप्ति अनुसार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा गाउँपालिकाको सवारी साधनमा नेकपा एमालेका कार्यकर्ता बोकेको भनी प्रकाशित समाचारप्रति स्पष्टिकरण दिइएको हो।

गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै सम्बन्धित पक्षसँग प्रारम्भिक बुझाइ गर्दा सवारी साधनमा कुनै पनि राजनीतिक कार्यकर्ता नबोकेको जनाएको छ।

चैत २ गते गाउँपालिकाको सु.प.प्र. ०१–००१ झ ५२७ नम्बरको चारपाङ्ग्रे सवारी साधन परीक्षा अनुगमन कार्य सम्पन्न गरी औषधी ढुवानीका लागि लेकम गाउँपालिकाका उपाध्यक्ष माधवि जोशीसहित वडा नम्बर ५ स्थित रिठाचौपाता स्वास्थ्य चौकी पुगेको थियो।

औषधी सम्बन्धित कार्यालयमा पु¥याई फर्कने क्रममा स्थानीयको अनुरोधमा केही स्थानीयलाई गाडीमा राखी ल्याइएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

यस घटनाका सम्बन्धमा सवारी चालकसँग तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिनुभयो ।

साथै, प्रचलित कानुनअनुसार सरकारी सवारी साधन सरकारी कामकाजका लागि मात्र प्रयोग गर्न पाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै सोहीअनुसार सवारी प्रयोग गर्न र नियमको पूर्ण पालना गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई गाउँपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?