दार्चुला । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागेर चुनाव सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ । प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले अब प्रक्रिया अघि बढाउनुहुनेछ ।

यसअघि आयोगले आजै फागुन २१ गते सम्पन्न चुनावमा समानुपातिकतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण पनि गरेको छ । प्रत्यक्षतर्फ जितेका १६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् ।

यसैबीच प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज यस पटकको चुनावमा राष्ट्रिय दल बनेका ६ वटा दलका प्रतिनिधिसँग छलफल गर्दै यही १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जानकारी गराएको हो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पहिलो ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि उहाँले बाँकी सांसदलाई शपथ गराउनु हुने छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?