प्रतिनिधि सभामा सुदूरपश्चिमबाट यो पटक  २७ जना सांसद

दार्चुला । गत फागुन २१ गते भएको निर्वाचनबाट सुदूरपश्चिमले २७ जना प्रतिनिधिसभा सदस्य पाएको छ। सुदूरपश्चिमले प्रत्यक्षबाट १६ तथा समानुपातिकबाट ११ जना सांसद पाएको हो। २०७९ मा सूदूरपश्चिमबाट १६ जना प्रत्यक्ष तथा चार जना सामानुपातिकसहित २० जना सांसद निर्वाचित भएका थिए। यो पटक १६ जना सांसद रास्वपाका मात्रै छन्।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमबाट ६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ३ तथा नेपाली काँग्रेस र एमालेले १ /१ जनालाई सांसद बनाएको छन्।

प्रत्यक्षमा प्रदेशमा रहेका १६ मध्ये १० सिटमा जित निकालेको (रास्वपा) समानुपातिकमा सुदूरपश्चिमका ६ जनालाई समेटेको हो। रास्वपाले कञ्चनपुरकी प्रतिभा रावल, डडेल्धुराकी आकृती अवस्थी, अछामकी टीका संग्रौला र रत्नाकुमारी थापा,कैलालीकी करिश्मा कठरिया र कञ्चनपुरकी गीता चौधरीलाई समानुपातिक सांसद बनाएको छ।

प्रत्यक्षमा कुनै पनि क्षेत्रमा जित्न नसकेको नेकपाले भने सुदूरपश्चिमबाट समानुपातिकमा ३ जनालाई सांसद बनाएको छ । थारु महिलामा कञ्चनपुरकी निराशा चौधरी, अपाङ्गतामा कैलालीका प्रेम बयक र दलित क्लस्टरमा बझाङका गणेशबहादुर बिकलाई नेकपाले सांसद बनाएको हो

प्रत्यक्षतर्फ प्रदेशभर ३/३ सिट जितेका नेपाली काँग्रेस र नेकपा (एमाले)ले भने समानुपातिकमा सुदूरपश्चिमका १/१ जनालाई मात्रै सांसद बनाउने भएका छन्। काँग्रेसले दलित महिलाको क्लस्टरबाट डडेल्धुराकी हरिनादेवी कामी र एमालेले थारु क्लस्टरबाट कञ्चनपुरका कृपाराम रानालाई सांसद बनाएको हो।

प्रत्यक्षबाट भने कैलाली-१ बाट कोमल ज्ञवाली, कैलाली-२ बाट केपी खनाल, कैलाली-३ बाट जगतप्रसाद जोशी, कैलाली-४ बाट खेमराज कोइराला, कैलाली- ५ बाट आनन्दबहादुर चन्द सांसद बनेका छन्। यस्तै कञ्चनपुरबाट जनकसिंह धामी, दिपक बोहरा र ज्ञानेन्द्र महता र बैतडीबाट हरिमोहन भण्डारी तथा डडेल्धुराबाट तारा जोशी निर्वाचित भएका हुन्। यी सबै रास्वपाका सांसद हुन्।

यस्तै दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बझाङबाट ऐन महर, अछामबाट यज्ञ बोगटी निर्वाचित भएका हुन्। यी तीनै जना एमालेका सांसद हुन्।

काँग्रेसबाट प्रत्यक्ष जित्नेमा डोटीबाट भरतबहादुर खड्का, अछाका भरतकुमार स्वार र बाजुरका जनकराज गिरी रहेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?