बैतडीको मठैराज मन्दिरमा चोरी

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज मन्दिरमा चोरी भएको छ ।

मन्दिरमा गएको सोमबार रातिको समयमा अज्ञात समूहले चोरी गरेको स्थानीय महेशराज पन्तले बताउनुभयो ।

मन्दिरको गर्भगृहको ढोका फुटालेर चोरी गरिएको उनले बताए । मन्दिरमा के–कति चोरी भएको छ भन्ने बिषयमा एकीन हुन सकेको छैन् । मन्दिरको गर्भगृहमा पूजारीले मात्रै जाने चलन रहेकाले पूजारी आएपछि थाहा हुने उहाँले बताउनुभयो ।

मन्दिरमा चोरी भएको बिषयमा प्रहरीलाई जानकारी गराइसकिएको छ । मन्दिरको गर्भगृहमा सुनचाँदी लगायतका वस्तुहरु हुने भएकाले सुनचाँदी चोरी भएको हुन सक्ने बताइएको छ ।

मन्दिर नजिकै मदिरा पसल भएका कारण यस्ता घटनाहरु हुने गरेका पन्तले बताउनुभयो । मन्दिर परिसरमै मदिरा सेवन गर्ने गलत प्रवृति समेत बढ्दै गएको उनले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?