गत सोमबार महाकालीमा बेपत्ता धिरज धामी अझै फेला परेनन्, गोताखोर टोली फर्कियो

दार्चुला । गत सोमबार महाकाली नदीमा बगेर बेपत्ता भएका १५ वर्षीय धिरज धामीको खोजीका लागि आएको सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ।

जिल्ला सदरमुकाम क्षेत्रबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका धामीको खोजीका लागि कैलालीबाट आएको गोताखोर टोलीले दुई दिनसम्म खोजी गरेर फर्किएको हो ।

टोलीले सदरमुकाम क्षेत्रदेखि जोलजीवीसम्म नदी किनारको शंकास्पद स्थानहरूमा खोजी गरे पनि बेपत्ता बालक फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिनुभयो।

उहाँका अनुसार गोताखोर टोली शनिबार फर्किएको छ भने प्रहरीले नियमित रूपमा खोजी कार्य जारी राखेको छ ।

सदरमुकाम खलंगा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यरन व्याँस गाउँपालिका–६ हुती पन्तपालीका धामी सोमबार विद्यालय समयमै साथिहरु संग नदीमा पौडि खेल्न गएका थिए । एकपटक नदी पार गरेर पारी पुगेपछि वारी फर्किने क्रममा धामी बगेर बेपत्ता भएको दार्चुला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?