दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा कक्षा ५ र ८ को पालिकास्तरीय तथा अन्य कक्षाहरूको विद्यालयस्तरीय वार्षिक परीक्षा सम्पन्न भएको छ।

चैत २ गतेदेखि सञ्चालन भएको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आज सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख चुडामणि अवस्थीले जानकारी दिनुभयो। लेकम गाउँपालिकाले कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षा सञ्चालन गरेको थियो भने अन्य कक्षाहरूको परीक्षा विद्यालयस्तरमै सञ्चालन गरिएको थियो।

कक्षा ५ र ८ को हकमा पालिकाले नै उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशन गर्ने व्यवस्था रहेको अवस्थीले बताउनुभयो। उहाँका अनुसार अधिकांश विद्यालयबाट उत्तरपुस्तिका पालिकामा पुगिसकेको र टाढाका केही विद्यालयका उत्तरपुस्तिका भोलि बिहान १० बजेसम्म आइपुग्ने छन्। पर्सिदेखि उत्तरपुस्तिका परीक्षण सुरु गरिने जनाइएको छ।

यता, जिल्लाका अन्य ८ स्थानीय तहमा भने वार्षिक परीक्षा जारी रहेको छ। नौगाड, मार्मा र व्याँस गाउँपालिका तथा महाकाली नगरपालिकामा चैत ४ गतेदेखि परीक्षा सञ्चालन भइरहेको छ भने अपिहिमाल, मालिकार्जुन र दुहुँ गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा चैत ५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन भइरहेको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?