अपिहिमालको खण्डेश्वरीमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुँदै

दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिकामा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। एक पाइला फाउण्डेसन र अपिहिमाल गाउँपालिकाको सहकार्य तथा समन्वयमा उक्त शिविर सञ्चालन हुन लागेको हो।

आगामी चैत १७ गतेदेखि १९ गतेसम्म तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको। विभिन्न रोगबाट प्रभावित स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह बोहरा ठेकेरेले बताउनुभयो ।

शिविर अपिहिमाल गाउँपालिका–४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ। शिविरमा आँखाको मोतियाबिन्दु शैल्यक्रिया, दाँत तथा कानसम्बन्धी उपचारका साथै साना (माइनर) शल्यक्रिया समेत गरिनेछ। यस सेवाबाट लाभ लिन छिमेकी पालिका तथा जिल्लावासीलाई समेत सहभागी हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?