दार्चुला । प्रहरीले सुर्खेतमा १६ वर्षकी किशोरीको हत्या प्रकरणमा सामूहिक बलात्कार नभएको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको घटनाको अनुसन्धान प्रतिवेदनमा सामूहिक बलात्कार नभएको निष्कर्ष रहेको हो ।

गएको फागुन २३ गते विद्यालय जाने भन्दै घरबाट निस्किएकी किशोरी नजिकैको वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । उनीहरूमध्ये किशोरीका प्रेमी भनिएका व्यक्तिले शारीरिक सम्पर्कपछि अत्यधिक रक्तस्राव भएर उनी अचेत भएको बताएका छन् ।

पोस्टमार्टम प्रतिवेदनले पनि यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भई ज्यान गएको देखाएको प्रहरीले जनाएको छ ।

प्रहरीले मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउन सिफारिश गरेको छ । अरू तीन जनाविरुद्ध भने घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा मुद्दा चलाउने प्रहरीको राय छ ।

यसअघि पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशङ्का गर्दै विरोध जनाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत घटनाको अनुसन्धानमा संलग्न भएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?