दार्चुला । आज र भोलि देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो बेलुकीदेखि नै धेरै ठाउँमा बदली र वर्षा शुरु भएको हो । महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी र हिमाली भू–भागका केही ठाउँ तथा तराई भू–भागका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै भोलि कोशी, मधेश, बागमती प्रदेशका केही ठाउँ तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो बेलामा हुरीबतास र असिनापानी तथा चट्याङबाट जोगिन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?