दार्चुला । आज (बुधबार)देखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।

मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ यो निर्णय कार्यान्वयनमा ल्याएको हो।

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

यो निर्णयले सम्पूर्ण सरकारी निकाय र सरोकारवालालाई सकारात्मक सन्देश दिने विश्वास लिइएको छ। आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य अपेक्षित छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?