सुगममा बसेका १४ विशेषज्ञ चिकित्सकको काज फिर्ता

दार्चुला । पहुँच र शक्ति प्रयोग गरेर सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकलाई अब आफ्नै दरबन्दी भएको अस्पतालमा फर्किनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले देशभरि स्वास्थ्य सेवाको सन्तुलन मिलाउन तथा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव अन्त्य गर्न कडाइ गरेसँगै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाउनुभएको छ ।

मन्त्रालयका अनुसार दुर्गम जिल्लाका अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न, लामो समयदेखि शक्तिको आडमा सुगम रोज्ने प्रवृत्ति अन्त्य गर्न र सर्वसाधारणले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार पाउने वातावरण बनाउन यस्तो निर्णय गरिएको हो ।

मन्त्रालयले पहिलो चरणमा डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीलाई प्राथमिकतामा राख्दै काज फिर्ता गरिएको छ ।

निर्णय अनुसार डडेलधुरा अस्पतालमा ४ जना, नारायणी अस्पताल वीरगञ्जमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन् ।

काज फिर्ता गरिएका चिकित्सकहरूमा डा. रोहिता बज्राचार्य, डा. जोसनलाल बज्राचार्य, डा. विशालकुमार देव, डा. प्रकाश ढकाल, डा. सुशील समदर्शी, डा. सन्तोषकुमार गुप्ता, डा. मिसन्ता शर्मा, डा. नविनचन्द्र भट्ट, डा. सुयोग्य वाग्ले, डा. सोनीका धरी श्रेष्ठ, संजोग तिमिल्सिना, डा. अरुण ज्ञवाली, डा. मुकेश पौडेल र डा. दिपेश भट्टराई छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?