मालिकार्जुन गाउँपालिका बालविवाह मुक्त पालिका घोषणा गरिँदै

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका बालविवाह मुक्त घोषणा गर्ने तयारी भइरहेको छ। शिक्षा, स्वास्थ्य र रोजगार, समृद्ध मालिकार्जुनको आधार भन्ने मूल नाराका साथ गाउँपालिकाले आगामी चैत ३० गते एक विशेष समारोहका बिच पालिकालाई बालविवाह मुक्त घोषणा गर्न लागेको हो ।

मालिकार्जुनका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीका अनुसार पालिका स्तरको घोषणा हुनुपूर्व वडा नम्बर ५ लाई छुट्टै कार्यक्रमका साथ चैत २६ गते बालविवाह मुक्त घोषणा गरिने कार्यक्रम तय भएको छ। अरू वडा यसअघि नै बालविवाह मुक्त घोषणा गरिएको छ।

चैत ३० गते सोमबार बहुउद्देशीय सभाहल, पस्ती, दार्चुलामा बालविवाह मुक्त पालिका घोषणा कार्यक्रम आयोजना गरिने महिला, बालबालिका शाखा प्रमुख आरती शर्माले बताउनुभयो ।
मालिकार्जुन गाउँपालिकाले यो उपलब्धिलाई सफल पार्न सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीय बासिन्दाहरूलाई तोकिएको समय र स्थानमा उपस्थित हुन हार्दिक निमन्त्रणा समेत गरेको छ। कार्यक्रम विहान ११ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?