दार्चुला । नुहाउने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ बर्षीय कृष्ण चन्दको खोजी कार्य जारी रहेको छ ।

मंगलबार बिहान साढे ११ बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका चन्दको सशस्त्र प्रहरीले खोजी कार्य गरिरहेको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले बताउनुभयो ।

नदीमा बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग पनि सहकार्य भइरहेको र महाकाली नदीमा एसएसबीको र्याफ्टिङ कार्यक्रम पनि चलिरहेकाले बेपत्ता चन्दको खोजीमा उनीहरुसँग पनि सहकार्य भएको गुल्मपति कुँवरले बताउनुभयो ।

सशस्त्र प्रहरीको पञ्चेश्वरस्थित बिओपीबाट चन्दको खोजीका लागि टोली खटिएको बताउनुभयो । सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलले संयुक्त रुपमा खोजी गर्दा समेत चन्दको अवस्था अज्ञात रहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?