दार्चुला । परीक्षा नियन्त्रण कार्यालयको निर्देशन अनुसार दार्चुला, बैतडीसहित देशभर परीक्षा केन्द्रमै एसईईको उत्तरपुस्तिका परीक्षण कार्य धमाधम भइरहेको छ ।

परीक्षा भएकै दिन केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्थापन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ । देशभरीका केन्द्रमै एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने निर्देशन अनुसार केन्द्रमै उत्तरपुस्तिका परीक्षण काम भइरहेको लटिनाथ मावि चौपाता परीक्षा केन्द्रका केन्द्राध्यक्ष मोहनदेब बिष्टले बताउनुभयो ।

अधिकांश केन्द्रहरुले परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षणको काम समेत सम्पन्न गरिरहेको बताइएको छ । सम्बन्धित केन्द्राध्यक्षले उत्तरपुस्तिका परीक्षणका लागि बिषयगत शिक्षकहरुलाई तोक्ने व्यवस्था गरिएको छ ।

यसरी उत्तरपुस्तिका परीक्षण गर्दा फरक विद्यालयको शिक्षकले मात्रै उत्तरपुस्तिका परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ । उत्तरपुस्तिका परीक्षण गरेर सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पुर्याउने र इकाइले परीक्षा नियन्त्रण कार्यालयमा पठाउने व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।

परीक्षार्थीको नतिजा भने परीक्षा नियन्त्रण कार्यालयले नै प्रविष्ट गर्ने उहाँले बताउनुभयो । यो वर्ष सरकारको निर्णय अनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तीका परीक्षणको काम भइरहेकोले नतिजा समेत छिटै सार्वजनिक हुने भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?