दार्चुला । आज देशका पहाडी तथा हिमाली केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएराति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भएको छ ।

यतिबेला काठमाण्डौ उपत्यका सहित देशका केही पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो पनि हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने अनुमान छ ।

रातको समयमा हिमाली भूभागमा सामान्य तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही ठाउँमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

अहिले देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?