दार्चुलामा आर्थिक गणना कार्यालयको जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न, कार्यपत्र प्रस्तुति र छलफल

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा आर्थिक गणना कार्यालयको जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नाराका साथ राष्ट्रिय आर्थिक गणना, २०८२ प्रभावकारी रुपमा सम्पन्न गर्न जिल्ला आर्थिक गणना कार्यालय दार्चुलाले आज जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न गरेको जनाएको छ।

जिल्ला आर्थिक गणना समन्वय समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख महादेव वडू कश्यपको प्रमुख आथित्यमा गोष्ठी सम्पन्न भएको हो। कार्यक्रममा महाकाली नगरपालिकाका नगर उपप्रमुख दुर्गा कुमारी खत्री बिष्ट, जिल्ला सुरक्षा समिति सदस्यहरु, दार्चुला जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, पत्रकार, उद्योग वाणिज्य संघ, नागरिक समाज, होटल व्यवसायी संघ, सहकारी संघ, क्याम्पस, महाकाली नगरपालिकाका वडाअध्यक्ष लगायत अन्य सरोकारवालाको सहभागीता रहेको थियो ।

जिल्ला आर्थिक गणना अधिकारी निरज ओझाले आर्थिक गणना सम्बन्धि कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा स्वागत मन्तव्य सहायक जिल्ला आर्थिक गणना अधिकारी तिलक पन्तले गरेको कार्यक्रम सञ्चालक खरिदार मनोरथ जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?