दार्चुलाको मालिकार्जुन आवि गराडीलाई धामी परिवारद्वारा जग्गा दान

दार्चुला– दार्चुलाको लेकम गाउँपालिका–२ मा रहेको मालिकार्जुन आधारभूत विद्यालय गराडीलाई स्थानीय धामी परिवारले जग्गा दान गरेका छन्।

स्थानीय बहादुर सिंह धामी, प्रेम सिंह धामी, वीर सिंह धामी, ठग सिंह धामी र मदन सिंह धामीले आफ्नो नाममा रहेको चार रोपनी चार आना जग्गा विद्यालयलाई निःशुल्क दिएका हुन्। प्रधानाध्यापक विद्या प्रसाद जोशीका अनुसार जग्गादाताहरूले सोमबार उक्त जग्गा विद्यालयको नाममा नामसारी गरिदिएका छन्।

लामो समयदेखि विद्यालयलाई जग्गाको आवश्यकता रहेकोमा धामी परिवारको यो सहयोगले भौतिक पूर्वाधार निर्माणमा सहज हुने विश्वास लिइएको छ। शिक्षा क्षेत्रमा पुर्‍याएको यो योगदानलाई स्थानीय बासिन्दाले सामाजिक उत्तरदायित्वको राम्रो उदाहरणका रूपमा लिएका छन्।

जग्गा दान गर्ने सबै परिवारलाई विद्यालय प्रशासनले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?