दार्चुला । नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले पार्टीका नेता शेरबहादुर देउवा तथा आरजू राणा देउवामाथि आक्रमण हुँदा उनीहरू निकटका नेताहरूले त्यसविरुद्ध कुनै आवाज उठाउन नसकेको बताउनुभयो।

आजको प्रदेश सभा बैठकमा उहाँले आफ्नै नेतृत्वमाथि कुटपिट हुँदा पनि निकटका व्यक्तिहरू मौन रहेको बताउनुभयो। ‘मेरो पार्टीका नेता शेरबहादुर देउवा, उहाँको घरमा श्रीमतीसहित आक्रमण भयो, उहाँ घाइते हुनुभयो। उहाँका सम्बन्धमा पनि एक शब्द बोलेनन्,’उहाँले रोष्ट्रमबाटै सोध्नुभयो, भाउजू भनेर अगाडि-पछाडि लाग्नेहरू कहाँ गए ?’

नेताहरूले पनि त्यो बुझिदिएको भए त्यस्तो घटना नहुन सक्ने उहाँले बताउनुभयो। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको पनि उहाँले विरोध जनाउनुभयो। किरियामा भएको बेला पक्राउ गरेर मानवता मारेको टिप्पणी उहाँको छ।

सिंहदरबार, सर्वोच्च अदालत, संसददेखि सुदूरपश्चिम प्रदेशका संरचनाहरू जलाइएकोप्रति पनि उहाँले विरोध जनाउनुभयो।

घण्टी बजाएर चुनावमा गएका रास्वपा सांसदहरू अहिले शंख बजाएर सत्तामा पुगेको उहाँको भनाइ छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?