दार्चुला । तुइन प्रतिस्थापन गर्ने भन्दै दार्चुला पुगेका हर्क साम्पाङले झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको छ। व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङमा पुलको शिलान्यास गर्नुभएको हो ।

सामपाङ्ले दुम्लिङको घट्टे खोलाको काठे पुललाई श्रमदान मार्फत् झोलुङ्गे पुल बनाउन औपचारिक रूपमा सुरुवात गर्नुभएको छ । उहाँलाई स्थानीयबासीले बागागाजासहित स्वागत गरेका थिए ।

पुलको शिलान्यासपछि सामपाङले सम्बोधन गर्दै आफूले तुइन विस्थापनको सपना तीन वर्षअघि नै देखेको बताउनुभयो । तीन वर्षअघि एक नानी तुइन तर्दै गरेको भिडिओ देखेपछि आफूलाई साह्रै नमज्जा लागेको उहाँले बताउनुभयो। नानीलाई देखेपछि आफूले दार्चुलामा पुल बनाउने सपना दखेको र त्यो अहिले पूरा भएको उहाँको भनाई छ ।

‘त्यो तुइन भएको ठाउँ चाहिँ महाकालीमा रहेछ । जसमा भारतको पनि अनुमति लिनुपर्ने कुरा आएको छ । त्यसमा मैले के पहल गर्नुपर्ने, गर्छु । त्यसका लागि म पहल गर्छु,’ सामपाङले भन्नुभयो, ‘कोही पनि महाकालीमा झरेर अकालमा मर्नु नपरोस् । हामी यहाँ राजनीति गर्न, पार्टी विस्तार गर्न पनि आएका होइनौं । कोही मान्छे दुःखमा थियो, मैले सहयोग गर्नुपर्छ भनेर पाइला चालेको मात्र हो । श्रमदानमार्फत् गर्न लागिरहेका छौं । यहाँ सरकारको एक पैसा खर्च हुने छैन ।’

अब काम सुरू भइसकेकाले सबै स्थानीयलाई सहयोग गर्न समेत हर्कले आह्वान गर्नुभयो । नेपाल भारत सीमा नदी महाकालीको तुइनलाई पुलमा प्रतिस्थापन गर्ने भनेर चन्दा उठाउन सुरू गरेका हर्कले अब त्यो चन्दा रकम नेपालकै घट्टे खोलाको झोलुङ्गे पुलमा लगाउने भएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?