दार्चुला । “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत दार्चुला जिल्लामा गणक तथा सुपरिवेक्षकहरूको पाँच दिने तालिम बिहीबारदेखि सुरु भएको छ।

राष्ट्रिय आर्थिक गणना कार्यालय दार्चुलाका अनुसार आगामी बैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा आर्थिक गणना सञ्चालन गर्ने तयारीस्वरूप तालिम आयोजना गरिएको हो।

तालिम उद्घाटन कार्यक्रम राष्ट्रिय आर्थिक गणना जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख महादेब बडु प्रमुख अतिथिका रूपमा सहभागी थिए।

तालिममा १८ जना गणक र ३ जना सुपरिवेक्षकको सहभागिता रहेको छ। सहभागीहरूलाई आर्थिक गणनासम्बन्धी तथ्यांक संकलन, व्यवस्थापन तथा प्रतिवेदन तयारीका विषयमा प्रशिक्षण प्रदान गरिएको कार्यालयले जनाएको छ।

उक्त तालिमले जिल्लामा सञ्चालन हुने आर्थिक गणनालाई प्रभावकारी, व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?