साधारण धारतर्फको एसइई परीक्षा सम्पन्न, दार्चुलामा  नियमिततर्फ २७ विद्यार्थी अनुपस्थित

दार्चुला । चैत्र १९ गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत दार्चुला जिल्लामा साधारण धारतर्फका सबै विषयहरूको परीक्षा सम्पन्न भएको छ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीका अनुसार यस वर्ष साधारण धारको नियमिततर्फ २७ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेका छन्। साधारण धारको नियमिततर्फ कुल २ हजार २ सय ८० जना विद्यार्थीले परीक्षा दिएका छन्।

यस्तै, प्राविधिक धारतर्फको परीक्षा भने हालसम्म जारी रहेको छ। प्राविधिक धारमा १ सय ६३ जना विद्यार्थी सहभागी भएका छन् भने २ जना अनुपस्थित रहेका छन्।

यस वर्ष जिल्लाका १६ वटा परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ। परीक्षा सकिएलगत्तै नतिजा प्रकाशन प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सरकारले परीक्षा सञ्चालन भएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था लागू गरेको हो।

जिल्लामा कुल १७ वटा परीक्षा केन्द्र निर्धारण गरिए पनि अपिहिमाल गाउँपालिकास्थित एक केन्द्रको उत्तरपुस्तिका सम्बन्धित केन्द्रमै परीक्षण हुन सकेको छैन। उक्त केन्द्र आधारभूत विद्यालयमा सञ्चालन गरिएको हुँदा त्यहाँका उत्तरपुस्तिका मार्मा गाउँपालिकाको लटिनाथ मावि, रस्कोट केन्द्रमा परीक्षण भइरहेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?