दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत जनस्वास्थ्य अधिकृत गुणराज ओझालाई विदाई गरिएको छ । उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएको अवसरमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उहाँलाई सम्मानसहित विदाई गरिएको हो ।
गाउँपालिका स्थापना कालदेखि स्वास्थ्य शाखामा कार्यरत रहनुभएका ओझाले स्थानीय स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको भन्दै गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले उहाँको योगदानको उच्च मूल्यांकन गर्नुभयो ।
ओझाले २०७७ साल कात्तिक २८ गतेदेखि माघ २७ गतेसम्म तथा २०७८ साल असार २ गतेदेखि मंसिर २० गतेसम्म गाउँपालिकाको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो ।
यसैबीच, गाउँपालिकामा सरुवा भई आउनु भएका इन्जिनियर लोकेन्द्र पाण्डेयलाई पनि सोही कार्यक्रममा स्वागत गरिएको छ ।




