दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ बोहरी गाउँमा घर निर्माणका क्रममा भिर खन्ने बेला माथिबाट खसेको माटोको ढिस्कोमा पुरिँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ।
आइतबार दिउँसो भएको उक्त घटनामा मनिराम लाबड र नितेश लाबड घाइते भएका हुन्। दुवै जनालाई प्रारम्भिक उपचारका लागि गोकुलेश्वरस्थित मालिकार्जुन अस्पताल लगिएको थियो। आर्थिक अवस्था कमजोर रहेकाले थप उपचारका लागि धनगढी लैजान समस्या भएपछि दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना तथा वडा नम्बर ७ का अध्यक्ष पुष्पराज जोशीसँग समन्वय गरी दुई वटा गाडीमार्फत धनगढी पठाइएको थियो ।
गाडीभाडा सम्बन्धी सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल नगरपालिकासँग गाडी उपलब्ध नभएकाले वडा अध्यक्षमार्फत गाडीको व्यवस्था गरिएको हो।
हाल घाइतेहरूको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ। थप जटिल उपचारका लागि उनीहरूलाई माया मेट्रो अस्पतालमा रेफर गरिएको र चिकित्सकको सल्लाहअनुसार दुई वटा शल्यक्रिया गर्नुपर्ने जनाइएको छ।
उपचारमा करिब दुई लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएकाले आर्थिक अभावका कारण परिवारले सहयोगको अपिल गरेको छ। मानवताको नाताले सकेको सहयोग गरी घाइतेहरूको जीवन बचाउने अभियानमा साथ दिन सर्वसाधारणसँग आग्रह गरिएको छ।
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ बोहरी गाउँमा घर निर्माणका क्रममा भिर खन्ने बेला माथिबाट खसेको माटोको ढिस्कोमा पुरिँदा दुई जना गम्भीर घाइते भएका छन्। आइतबार दिउँसो भएको उक्त घटनामा घाइते हुनेहरू मनिराम लाबड र नितेश लाबड रहेका छन्।
घटनापछि दुवै जनालाई तत्काल उद्धार गरी गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा प्राथमिक उपचारका लागि ल्याइएको थियो। घाइतेहरूको आर्थिक अवस्था कमजोर रहेकाले थप उपचारका लागि धनगढी लैजान कठिनाइ भएपछि नगरपालिकाको सहयोगमा दुई वटा गाडी बुकिङ गरेर धनगढी पठाइएको थियो।
गाडीभाडा सम्बन्धी सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल नगरपालिकासँग गाडी उपलब्ध नभएकाले वडा नम्बर ७ का वडा अध्यक्ष पुष्पराज जोशीमार्फत गाडीको व्यवस्था गरी घाइतेलाई उपचारका लागि पठाइएको हो।
हाल दुवै घाइतेको कैलाली स्थित अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरूको उपचारका लागि दुई वटा शल्यक्रिया गर्नुपर्ने र करिब दुई लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि सहयोग संकलन अभियान सञ्चालन गरिएको छ।
मानवताका नाताले घाइतेहरूको जीवन बचाउन सहयोग गरिदिन सबैमा अपिल गरिएको छ। इच्छुक व्यक्तिहरूले पिताम्बर लाबड (घाइते मनिराम लाबडका जेठो भतिजा) को नाममा रहेको सानिमा बैंक महेन्द्रनगर शाखामा रहेको खाता नम्बर ०२९११०६०००४९१८ मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ। साथै, थप जानकारीका लागि ९७६२७७८७११ मा सम्पर्क गर्न सकिने बताइएको छ ।




